कास्कीसहित प्रदेशमा साेमबार कतिमा पुष्टि भयाे काेराेना संक्रमण ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७४ जना पुरुष तथा ९० जना महिला गरी १६४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २६९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १६४ सहित म्याग्दीका ४ जना, पर्वतका १ जना, गाेरखाका १७ जना, लमजुङका १७ जना, तनहुँका ४ जना, बाग्लुङका ९ जना, स्याङ्जाका २८ जना र नवलपुरका २५ जना गरी प्रदेशका ९ जिल्लामा १२७ पुरुष तथा १४२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार २६ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २०५ पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २४३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button