कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङमनाङमुस्ताङ्म्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

कास्कीसहित प्रदेशका सबै जिल्लामा पुष्टि भयाे काेराेना संक्रमण !

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८५ जना पुरुष तथा ११३ जना महिला गरी १९८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६७६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४९६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९८ सहित मुस्ताङका १६ जना, मनाङका १६ जना,  म्याग्दीका ८ जना, पर्वतका २५ जना, गाेरखाका २१ जना, लमजुङका ४ जना, तनहुँका २९ जना, बाग्लुङका ५९ जना, स्याङ्जाका २८ जना र नवलपुरका ९२ जना गरी प्रदेशका सबै जिल्लामा  गरी २४४ पुरुष तथा २५२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ८९६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३८० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७४  हजार २३९ पुगेको छ ।

गण्डकीमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x