सुनको मूल्यमा पुन: ओरालो

 पोखरा न्यूज। बिहीवार सुनको मूल्यमा पुन: गिरावट आएको छ ।

महासंघका अनुसार, आज नेपाली सुन बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ९१ हजार १ सय रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार, आज तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ रहेको छ। अघिल्लो दिन तेजावी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधवार प्रतितोला १२ सय १० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button