कास्कीगण्डकीतनहुँपर्वतम्याग्दीसमाचार

पोखरामा उपचाररत थप ८ जनाको कोरोनाबाट मृत्यु

म्याग्दीमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पोखराका विभिन्न अस्पतालमा उपचाररत थप ८ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा १३ की ४३ वर्षीया महिलाको बुधबार र  पोखरा १३ का ९२ वर्षीय पुरुष तथा पोखरा १४ की ६८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै  मणिपाल अस्पताल पोखरामा उपचाररत पर्वत मोदी ५ की ६६ वर्षीया महिला, गण्डकी मेडिकल कलेजमा उपचाररत तनहुँ शुक्लागण्डकी ११ का ३३ वर्षीय पुरुष र सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत पोखरा ३२ की ४२ वर्षीया महिलाको बिहीबार उपचार कै क्रममा ज्यान गएको छ ।

सङ्क्रामक तथा सरुवा रोग अस्पताल मै उपचाररत पोखरा १६ की ७९ वर्षीय महिला तथा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत पोखरा २६ का ५८ वर्षीय पुरुषको बुधबार मृत्यु भएको निर्देशनालयले उल्लेख गरेको छ ।

निर्देशनालयका अनुसार बुधबार नै म्याग्दीको बेनी ६ मा होम आइसोलेसनमा बसेका एक ८२ वर्षीय पुरुषको कोरोनाबाट  निधन भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २६८ पुगेको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x