नवलपुरमा पहिरोमा परी ३ जना बेपत्ता

पोखरा न्यूज । शुक्रबार परेको अविरल वर्षाको कारण नवलपरासी पूर्वको ४ माथिल्लो चार घरेमा आएको पहिरोमा पुरिएका एकजना घाइते अवस्थामा फेला परेका छन् भने तीन जना वेपत्ता छन् ।

माथिल्लो चार घरेका ५० वर्षीय हस्त बहादुर पुलामीलाई घाइते अवस्थामा स्थानीयले उद्दार गरेका छन् । स्थानीयहरुले उद्दार गरी हुप्सेकोट माध्यमिक बिद्यालय रुम्चीमा राखेको र उहाँको अवस्था मध्यम रहेको बताइएको छ ।

उहाँकी श्रीमती ४० वर्षीया धन माया पुलामी र २ जना नातिनीहरु अन्दाजी ७ वर्षीया भुमिसरा पुलामी र अन्दाजी ६ वर्षीया देउमाया पुलामी पहिरोले पुरेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।पहिरोले घर पूर्ण रुपमा क्षति पारेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रहरी उद्दार टोली घटनास्थलमा पुगेर उद्दार कार्य तथा घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button