वर्षाका कारण चन्द्रमायाले पालेका १२ हजार कुखुरा मरे, १ करोड ३२ लाखको क्षति

पोखरा न्यूज । बिहीबारदेखि भएकाे वर्षाका कारण खेतबारीबाट आएको पानी कुखुराको खोरमा पसेर १२ हजार लेयर्स कुखुरा मर्दा नवलपुरमा एक व्यवसायीलाई १ करोड ३२ लाख बराबरको क्षति भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार नवलपुरको देवचुली नगरपालिका ११ कुनाघाट स्थित चन्द्रमाया क्षेत्रीले संचालन गरेको उज्वल पोल्ट्री फर्ममा अविरल वर्षाको कारण खेतबारीबाट आएको पानी पस्दा ठूलो क्षति भएको हो ।

फर्मका ३ वटा खोरमा रहेको लगभग १२ हजार लेयर्स कुखुरा मर्दा अन्दाजी एक करोड ३२ लाख बराबरको क्षति भएको बताइएको छ ।

घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button