कास्कीगण्डकीपर्वतशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

पोखरामा उपचाररत १९ वर्षीय युवकसहित थप ६ जनाको कोरोनाबाट मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पोखराका विभिन्न अस्पतालमा उपचाररत १९ वर्षीय युवकसहित थप ६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत स्याङ्जाकाे भिरकाेट ४ का ५५ वर्षीय पुरुषको शुक्रबार र चापाकाेट ४ का ५८ वर्षीय पुरुष तथा पर्वतकाे कुश्मा २ का १९ वर्षीय युवककाे बिहीबार मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत कास्कीकाे पाेखरा ३२ का ६० वर्षीय पुरुषकाे शुक्रबार र  पाेखरा २९ की ७८  वर्षीया महिलाकाे बिहीबार उपचार कै क्रममा ज्यान गएको छ ।

मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा पोखरा १५ की ५६ वर्षीया महिलाकाे बिहीबार मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २७४ पुगेको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x