कास्कीसहितका जिल्लामा शनिबार कति जनामा पुष्टि भयाे काेराेना ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ११३ जना पुरुष तथा ७५ जना महिला गरी १८८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९५८ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३०४ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १८८ सहित म्याग्दीका ६ जना, लमजुङका १२  जना, तनहुँका २९ जना, स्याङ्जाका १६ जना र नवलपुरका ५३ जना गरी प्रदेशका ६ जिल्लामा गरी १६८ पुरुष तथा १३६ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८० हजार ८७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८९६ पुगेको छ ।

गण्डकीमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २८४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button