होटलमा किशोरीलाई जवरजस्ती गरेको अभियोगमा म्याग्दीमा एक किशोर पक्राउ

पोखरा न्यूज । १५ वर्षीया किशोरीलाई होटलमा लगेर पटक पटक जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दीमा एक १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका ५ बस्ने १५ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटकपटक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button