जे गर्छु फिल्म क्षेत्रमा नै गर्छुः सुशिल श्रेष्ठ

रहरले यात्रा सुरु गरे, अहिले मेहनत गर्दै अगाडि बढ्दैछु

राजाराम पौडेल । नेपाली फिल्मका अभिनेता सुशिल श्रेष्ठ फिल्मको हिरो बनेपछि बल्ल अभिनय सिकेका व्यक्ति हुनुहुन्छ । किनकि उहाँलाई एकैचोटी फिल्मको लागि अफर आएको थियो ।

काठमाण्डौका स्थायी वासिन्दा उहाँ त्यतिबेला मोडलिङ लाइनमा सक्रिय हुनुहुन्थ्यो । म्यान हर्टमा रहदा फिल्म लव नम्बरको लागि उहाँलाई अफर आएको हो । यो फिल्मको डेनमार्कमा सुटिङ गर्ने तयारी थियो । तर मौसमले गर्दा सुटिङ भएन । त्यसपछाडि सुशिललाई होस्टेल रिर्टन्सको लागि अफर आयो । यसमा काम गर्नुभयो । फिल्म राम्रै बन्यो । तर आफू भने खुशी हुनुभएन । किनभने उहाँले फिल्ममा आफ्ना कमजोरीहरु फेला पार्नुहुन्थ्यो ।

त्यसपछ अभिनय सिक्ने निचोडमा पुग्नुभयो । अनुप बरालसँग एक्रटर्स स्टुडियोमा अभिनयको सैद्धान्तिक ज्ञान हासिल गर्नुभयो । त्यहिबेला सायद–२ को लागि अफर आयो । सायद–२ को सुटिङ सकिएपछि त्यसको लगत्तै कारखानामा काम गर्नुभयो । यसरी उहाँको व्यस्तता बढ्दै गयो । बादशाह जुट र लव डायरिजबाट उहाँले ठूलो अपेक्षा गरेका फिल्म थिए ।

सुशिलले फिल्म क्षेत्रमा सफल हुन निकै मेहनत गरिरहनुभएको छ । तर सफलता प्राप्त हुन सकिरहेको छैन । निरन्तरको मेहनतले सफलता हात पर्ने विश्वास उहाँमा छ । यसपाली हामीले कलाकार सुशिल श्रेष्ठसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
म फिल्म हेर्छु । समय–समयमा फिल्म हेर्ने गर्छु । फुर्सद भएको बेला जति सक्दो धेरै राम्रा फिल्म खोजी–खोजी हेर्न छुटाउदिन ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
पहिला सिनेमा हलमा हेरिन्थ्यो । अहिले त सबै डिजिटल माध्यमबाट नै फिल्म हेरिन्छ । नेटफ्लिक्स, अमेजन, प्राइम आदि डिजिटल प्लेटफर्म मार्फत बढी फिल्म हेर्ने गरेको छुँ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हलमा हेर्दा फिल्ममा डुबिन्छ । फिल्म हेर्दा अर्कै दुनियामा पुगिन्छ । घरमा हेर्दा बेला–बेलामा डिष्ट्रब हुन्छ । त्यसकारण फिल्म हेर्नुको मज्जा हलमा जस्तो घरमा हुँदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
जिन्दगीको फरक फेजमा फरक अनुभव थियो । सानोमा रमाइलोको लागि स्कुलबाट भागेर सिनेमा हलमा गएर हेरिन्थ्यो । अहिले रमाइलोको साथ साथै केही नयाँ कुरा सिक्नकमो लागि फिल्म हेरिन्छ ।

हलमा हेरेको पहिलो फिल्म ?
मैले हेरेको पहिलो फिल्म दपर्णछाँया हो ।

मनपर्ने फिल्मी कलाकार ?
मनपर्ने कलाकार धेरै छन् । तर स्पेशल्ली भन्नुपर्दा विपिन कार्की मलाई खास लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली फिल्ममा कला संस्कृति र आफ्नोपन झल्किन्छ । यति थोरै लागत र सुविधाका बिच पनि निकै उत्कृष्ट फिल्महरु बनाउन सफल भएका छौ यो सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?
समय अनुसार, दर्शकको रुचि अनुसार अझै अपडेट हुँदै जानुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
सानोमा फिल्म हेर्दा अभिनयका परिभाषा बुझेको थिइन । तर मलाई फिल्म हेरेर हिरो बन्ने रहर भने थियो । मेरो मात्र हैन सानोमा सबैलाई त्यस्तै हुन्छ होला ।

तपाईको फिल्म यात्रा कसरी शुरु भयो ?
मेरो अभिनयको यात्रा रहरले सुरु भएको थियो । अहिले मेहनतले अगाडि बढ्दैछु ।

तपाईले देखेको सपना ?
नेपाली फिल्मी क्षेत्रको अझै उन्नती प्रगति भएको हेर्ने सपना मनमा छ ।

तपाईको अबको योजना ?
अहिले फिल्म क्षेत्र बाहेक केही सोचेको छैन । जे गर्छु फिल्म क्षेत्रमा नै गर्छु ।

नेपाली फिल्म किन हेर्ने ?
अहिले राम्रो नेपाली फिल्म बनेका छन् । जसले देशको प्रतिनिधित्व गर्दै विश्वमाझ नेपाललाई चिनाउन सफल भएका छन् । त्यसैले नेपाली फिल्म किन नहेर्ने त । सबैले हेर्नुपर्छ । माया गर्नुपर्छ ।
दर्शकमाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?
एउटा राम्रो कलाकार बनेर चिनिने प्रयास हो । त्यसैको लागि सर्घष जारी छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button