गण्डकीका मुख्यमन्त्री पोखरेलको ‘गाउँ’ जाने सडकको बिजोग

नालीभन्दा १ फिट माथि ह्युम पाइप

अनुप प्रकाश पाैडेल । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पूर्ख्यौली ‘गाँउ’  जाने सडकको अवस्था अहिले विजोग छ । मुख्यमन्त्री पाेखरेलकाे गाँउ तनहुँको व्यास १० पोखरेलफाँट जाने तालघरे, दुम्सिचौर पोखरेल फाँट मोटर मार्गको दुर्दशा छ । याे देख्दा जो कोहि पनि भन्न वाध्य हुन्छन् गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको गाउँ जाने सडक हो यही हो ? भनेर ।

मुख्यमन्त्री पोखरेलसहित उहाँका दाजुभाइ पनि राज्यको नीति निर्माण गर्ने तहमा रहँदै आउनु भएको छ । २००६ साल मंसिर १३ गते जन्मनु भएका उहाँ परिवारको माइलो छोरो हुनुहुन्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुनुहुन्छ । जिल्ला विकास समिति तनहुँ पूर्व सभापति उहाँ कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारीमा रहनु भएको थियो । साइँला भाइ डा जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ। कान्छा भाइ डा सुवाशचन्द्र अमेरिका बस्नु हुन्छ ।

त्यसो त तनहुँमा जन्मे पनि मुख्यमन्त्रीको अहिलेको राजनीतिक थलो भने नवलपरासी हो । तर विद्यार्थी राजनीति भने उहाँले तनहुँबाटै सुरु गर्नु भएको थियो।

उहाँहरुका पिता प्रजातन्त्रका सेनानी स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलले आफ्नो पूर्ख्यौली थलोबाट प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिनुभएको चर्चा राजनीतिक वृत्तमा हुने गर्छ । पाेखरेलफाँट उहाँहरुकाे गाँउ हाे ।

पृथ्वी राजमार्गस्थित व्यास १ तालघरेबाट उत्तरतिर लाग्ने सडकमा केहि पाईला अगाडि बढ्ने बित्तिकै भग्नावशेष कजवेले स्वागत गर्न पुग्छ । अदक्ष प्राविधिकहरुबाट डिजाईन गरिएको उक्त कजवे देख्नासाथ मानिसहरु सजिलै भन्ने गर्नुहुन्छ खोला खोल्सीमा बग्ने पानीको अनुमान नै नगरिकन हचुवाको भरमा कजवेको डिजाईन गर्ने कस्ता प्राविधिक होलान् ?

अलि माथि उक्ले पछि पिच गरिएको सडकभरि भल पसेको, गिटी, ढुगां बगेको देख्न पाईन्छ भने केहि माथि उक्ले पछि अति नै सक्षम प्राविधिकहरुको अनुगमन भएर हुनुपर्छ पानीको निकास दिन राखिने ह्युम पाईप पनि नालीको सतहभन्दा १ फिट माथि राखिएको छ । शायद उक्त ह्युम पाईपबाट पानी नजाओस् र जहाँनिरको ह्युम पाईपबाट पानी जान्छ त्यस्को बढि नै क्षति होस् भनेर हुनुपर्दछ ।

यस्ता दृश्यहरु तालघरेबाट दुम्सिचौर नपुगुन्जेलसम्म प्रशस्तै देख्न पाईन्छ । पिच गरिएको सडकमा पानी दौडिरहेको, नालीको निकास नहुँदा गिटी, ढुगां, माटो सडकभरि भएको देख्न पाईन्छ । तालघरे, दुम्सिचौर पोखरेलफाँट मोटरमार्गमा अनगिन्ति प्राविधिक गल्तीहरु भेट्न पाईन्छ तर ती गल्तीहरु बाटो निर्माण समिति र प्राविधिकहरुको मिलेमतोमा भएको देखिन्छ । समितिले राख्नुपर्ने ठाउँमा पानी निकासको लागि ह्युम पाईप राखेको पाईदैन, कहाँ, कुन ठाउँमा आफ्ना पार्टीका कार्यकर्ताको खेतवारी पर्दैन त्यहाँ लगेर जताततैको पानी निकास गर्न खोजिएको छ ।

पानीको सहि निकास दिनुपर्ने ठाउँमा ह्युम पाईप नराखि व्यक्ति विशेषको खेतीयोग्य जग्गा बिगार्न मनपर्दी रुपमा ह्युम पाईप राखिएको छ भने कतै ह्युम पाईप राखिएको झै गरेर नालिभन्दा १ फिट माथि ह्युम पाईप राखिएको छ । फेरि अनुगमन गर्ने प्राविधिकहरुले पनि त्यस्तो कार्यलाई पनि सहजै स्वीकृति प्रदान गर्नुभएको छ ।

तालघरे, दुम्सिचौर पोखरेलफाँट मोटरमार्ग किन यस्तो जताततै भग्नावशेष अवस्था ? भनेर प्रश्न गर्दा स्थानीयहरु राजनीतिक दलहरुले समितिमा आफ्ना आफ्ना मान्छे राखे अनि आफ्ना कार्यकर्ता खुशी पार्न कतै ह्युम पाईप नराख्ने, कतै सडकको उचाई बढाउनुपर्ने हुदा हेुदै पनि व्यक्ति बिशेषको खेतियोग्य जमिन बिगार्न सडकको पानी त्यतै तर्काउने कारणले गर्दा सडकमा पानी निकासको उचित प्रवन्ध हुन सकेको छैन र सडकको यो दुरावस्था भएको हो भन्नुहुन्छ ।

साथै बाटो निर्माण गर्न ज्ञान नै नभएको राजनीतिक दलको कार्यकर्ता समितिमा बस्ने अनि समितिले जस्तो काम गरे पनि अनुगमनको भत्ता बुझ्ने तर फिल्डमा नपुगिकन अनुगमन पास गर्ने प्राविधिक रहेको कारणले सार्वजनिक सम्पत्ति बाटोको सत्यानाश भएको बताउनुहुन्छ ।

तत्कालिन समयमा तनहूँको उत्तरी भेगहरु तनहूँसुर, मिर्लुगं, गजौडे, फराकचौर लगायतका स्थानहरुतिर जान प्रयोग गरिने उक्त बाटो पिच भएपनि धेरै ठाउँमा पानीको उचित निकास हुन नसक्दा भत्कने क्रम शुरु भएको छ ।

स्मरणीय छ याे गण्डकी प्रदेशका सांसद दोवाटे बिकको पनि गाउँ जाने सडक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button