गण्डकीलमजुङसमाचार

छात्रालाई बलात्कार गरेको आरोपमा फरार लमजुङका शिक्षक पक्राउ

पोखरा न्यूज। एक १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा फरार लमजुङका एक शिक्षक पक्राउ परेका छन्। सोमबार बेशीसहरबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई जबरजस्ती करणी गरेकै आरोपमा सोहि गाउका अर्जुन विक्रम थापाविरुद्ध उजुरी परेपछि थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौन दुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको हो ।

 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x