खुकुरी प्रहारबाट घाइते युवकको अस्पताल लैजाँदा बाटाेमा मृत्यु

पोखरा न्यूज । खुकुरी प्रहारबाट घाइते भएका लमजुङका युवकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

सोमबार राति १० बजेको समयमा लमजुङको राइनास नगरपालिका ९ साततले बस्ने २५ वर्षीय सुरज थापाले सोही ठाँउका २२ वर्षीय सुबेन आले मगरलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

घाइते भएका सुबेनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button