कोरोनाबाट पोखरामा उपचाररत थप २ जनाको मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत लमजुङकाे बेशिसहर ११ की ६७ वर्षीया महिला र म्याग्दीकाे बेनी २ का ७२ वर्षीय पुरुषकाे साेमबार अस्पतालमा मृत्यु भएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २९५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button