कास्कीमा १६२ सहित गण्डकीमा थप २९७ जनामा काेराेना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७९  जना पुरुष तथा ८३ जना महिला गरी १६२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९७० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २९७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १६२  सहित पर्वतका  ३४ जना, गाेरखाका ५ जना, लमजुङका १३ जना, तनहुँका ३०  जना, बाग्लुङका १६ जना, स्याङ्जाका १८ जना र नवलपुरका १९ जना गरी प्रदेशका ८ जिल्लामा १४१ पुरुष तथा १५६ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ५७५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३१९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २२ पुगेको छ ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २९५ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button