कोरोनाबाट पोखरामा उपचाररत थप ४ जनाको मृत्यु

स्याङ्जामा उपचारकाे क्रममा थप १ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पाेखरा र स्याङ्जाकाे अस्पतालमा उपचारकाे क्रममा थप ५ जनाकाे मृत्यु भएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीकाे पाेखरा १४ का ७५ वर्षीय पुरुषकाे बुधबार तथा पाेखरा १९ की ५५ वर्षीया महिला र तनहुँकाे व्यास ४ का ८३ वर्षीय पुरुषकाे मंगलबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

बाग्लुङकाे काठेखाेला ८ की ८३ वर्षीया महिलाकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा बुधबार उपचारकाे क्रममा मृत्यु भएकाे निर्देशनालयले जनाएको छ ।

स्याङ्जाकाे गल्याङ ३ की ५८ वर्षीया महिलाकाे मंगलबार गल्याङ अस्पताल स्याङ्जामा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३०० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button