कास्कीमा भदाै ३१ गतेसम्म निषेधाज्ञा थप

पोखरा न्यूज । कास्की प्रशासनले जिल्लामा जारी गरेको निषेधाज्ञाको समय भदाै ३१ गतेसम्म थप गरेको छ ।

बिहीबार कास्कीका प्रमूख जिल्ला अधिकारीले जारी गरेकाे आदेशमा भदौ १८ गते बिहान ५ बजेबाट भदौ ३१  गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जनाइएकाे छ ।

जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधन स्वास्थ्य मापदण्ड अनुरुप संचालन गर्न सक्ने आदेशमा उल्लेख छ । यस सँगै जिल्लामा जारी जोर बिजोर प्रणाली हटेको छ ।

जिल्लामा यसअघि निषेधाज्ञा जारी गरि बन्द रहेका शैक्षिक संस्थासहितका सेवा व्यवसायहरु संचालनमा राेक लगाइएको छ ।

विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परीक्षा सञ्चालन नगर्न भनिएको छ । मानिसहरु भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ ।

पुर्व निर्धारित बैबाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा २५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ ।

हेर्नुहोस् यस्तो छ आदेश :

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button