चट्याङ लागेर तनहुँमा २४ वर्षीय युवकको मृत्यु

पाेखरा न्यूज । तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ ।

भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सिनाले जानकारी दिनु भएकाे छ ।

बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उहाँलाई चट्याङ लागेको हो ।

घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएकोमा उहाँकाे मृत्यु भएको तिमल्सिनाले बताउनु भएकाे छ ।

बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेकाे बताइएकाे छ ।

विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिँदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button