कास्कीगण्डकीतनहुँसमाचार

पोखरा र शुक्लागण्डकीलाई जोड्ने झोलुङ्गे पुल भत्कियो

पोखरा न्यूज। केही दिनयताको अत्यधिक वर्षका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग भत्किएको छ ।

मालेपाटनतर्फको पुलको जग आज बिहान १०ः३० बजे भत्किएको स्थानीय युवा बाबुराम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पुल भत्के पनि कुनै मानवीय क्षति भने भएको छैन । गत वर्षदेखि नै जोखिममा परेको पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा यस वर्ष गत असार ३ गतेको बाढीले क्षति पु¥याएको र त्यसयता दिनानुदिन क्षति बढ्दै सेराबेँसी युवा क्लबका पूर्वअध्यक्ष एवं सेराबेँसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेले बताउनुभयो ।

पुल भत्केसँगै आजदेखि कास्कीको मालेपाटनसहितका स्थलका साथै तनहुँको सेराबेँसी लगायतका स्थलका सर्वसाधारणको आवतजावत नै बन्द भएको बताउँदै उहाँले तत्काल अन्य वैकल्पिक व्यवस्थापनका लागि राज्यस्तरबाटै पहल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ एक सय १९ मिटर छ ।

कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गर्दै जाँदा अन्ततः संरक्षणकै अभावमा भत्कने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायत स्थानका बासिन्दाका लागि पुल बरदान साबित भएको थियो । रासस

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x