कलाकारलाई टिक्न निरन्तर साधनाको खाँचो

राजाराम पौडेल । कुनै पनि क्षेत्रमा यात्रा सुरु गर्न जति गाह्रो हुन्छ, निरन्तरता दिएर टिक्न झनै गाह्रो हुन्छ । निरन्तर संघर्ष गर्दै आफूमा निखारता थप्दै समय अनुसार परिमार्जित हुदै अगाडि बढ्न सक्ने कलाकारनै सफल हुन सक्छ । हुनत सबै कलाकार आफू सफल हुने लक्ष्यका साथ नै यात्रा सुरु गर्नुहुन्छ । यस्तोमा कोही सफल हुनुहुन्छ त कोही असफल । कसैले निरन्तरता दिन सक्नुहुन्छ त । कोही पलायन । आफ्नो सांगीतिक यात्राको सुरुवाती दिन, अबको बाटो र आफ्ना अनुभवको बारेमा गायक शंकर पन्त, गायिकाहरु सीता रानामगर, रीता केसी र रीना केसी यसो भन्नुहुन्छ ।

शंकर पन्त

गायक शंकर पन्त बाल्यकालदेखि नै लोकसंगीत प्रति आर्कषित हुनुहुन्थ्यो । उहाँले चौतारीमा पर्ख, गाईको बाच्छी गण्डकी तर्दैन, कस्सम मा¥यो मायाले, धोको पुगेन र, पृथ्वी नै हल्लिएको हो, म त हजुर गाम्ले लगायतका ४० को हाराहारीका गीतमा आवाज भर्नुभएको छ । लय शब्द संकलन गरेका गीतहरु समेत झण्डै पुगे । ऐले तिजैमा, ब्यर्थै गाला बजाउछन्, बनैमा फुलेको चमेलि, बरु मार न, अझै पनि मायाको धोको पुगेन र सालैजो, हे सानू हे माया लगायत उहाँले संकलन गरेका गीत हुन् ।

म बाल्यकाल देखिनै असाध्यै लोकगीत संगीत मनपराउने स्वभावको मान्छे थिए । स्कुल जीवनको ५ कक्षा पढ्दादेखि स्कुलका हरेक अतिरिक्त कार्यक्रममा भाग लिन्थे । तर, पहिला मलाई आधुनिक गीत गाउन निक्कै मजा लाग्थ्यो । पछि नेपालीको मौलिकता नै लोक गीतमा छ भन्ने आभास भएर लोक गीत तर्फ उन्मुख भए । हुनत म त्यो बेला लेखनमा पनि लागेको थिए । नौ कक्षा पढ्दापढ्दै पालुवा नामक बाल पुस्तक समेत प्रकाशित गरेको थिए । त्यो बेला धेरै कार्यक्रममा गीत गाईरहदा धेरैले गीत गाउनुपर्छ भन्नुहुन्थ्यो । यसरी पाएको सर्पोटका कारण मलाई नेपाली लोकसंगीतको यस्तो भुत चढ्यो कि एकदिन जसै कलाकार हुनुपर्छ भनेर । अनि यात्रा अगाडि बढ्यो । गायक पन्तले भन्नुभयो ।

पन्तसँग एफएम रेडियोबाटनै बढी गीत सुनेको अनुभव छ । बाल्यकालमा स्कुल पढ्दा माछापुच्छ्रे एफएममा एउटा कार्यक्रम आउथ्यो । जहाँ चिठी बाचन र रोजाईको गीत बजाईन्थ्यो । बेलुका करिब ८ः३० मा आउथ्यो त्यो कार्यक्रम । नाम भुले कार्यक्रमको । खुब चिठी पठाईन्थ्यो । धेरै चिठी त पुग्दै पुग्थेन होला । करिब २ महिनामा एउटा बाचन हुन्थ्यो । यसरी वाचन हुँदा यति खुसी लाग्थ्योकी आफुले रोजेको गीत बजाएको, आफ्नो चिठी पढेको, आहा ! एक हप्तासम्म त उत्साहको सिमा नै हुन्थेन । एफएम रेडियोबाटनै बढी गीत सुनियो त्यतिबेला । उहाँले थप्नुभयो ।

निरन्तरताबाट नै निखारता थपिने उहाँको अनुभव छ । निखारता भन्ने चिज निरन्तरता बाट आउने हो । म निरन्तर यो क्षेत्रमा संघर्ष गरिरहेको छु । अझैपनि निखारता त कहाँ छ र निखारिने प्रयास मात्रै गर्दै गइरहेको छुँ । अर्को कुरा म सपना नै देख्दिन, हिट हुन अनेक छाडापन अप्नाउदिन । म यत्ति सोच्छु कि कसैको गाली खान नपरोस् । समाज र राष्ट्र परिबर्तनको लागि थोरै भएपनि सघाउ पु¥याउन सकु । बस यत्ति छ गीत संगीतमा मेरो सोचाई । गायक पन्तले बताउनुभयो ।

सीता रानामगर

गायिका सीता रानामगर लाईभ दोहोरीमा उतिकै सक्रिय हुनुहुन्छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्य समेत हुनुुहुन्छ । उहाँका नौतुनाको रेल, सरी ल, मलाई केटा चाहिएको पैसा वाला हो, मेरो वैश, दिल बस्याे, हिस्सी परेकी आदि गीत चर्चामा छन् । पछिल्लो समय काठमाण्डौमा बसेर सांगीतिक यात्रालाई अगाडि बढाइरहनुभएको छ ।

म सानैदेखि गीतसंगीतप्रति आर्कषित थिए । गीत संगीत धैरै मन पराउथे । मेरो सांगीतिक यात्राको प्रारम्भ प्रतियोगीतामा भाग लिएर भएको हो । विशेषगरी २०६१–०६२ सालमा लोक दोहोरी प्रतियोगीतामा भाग लिएर गाउन सुरु गरे । त्यसपछि निरन्तर यसै क्षेत्रमा अगाडि बढिरहेको छु । उहाँले भन्नुभयो ।

हाम्रो बाल्यकालको समयमा अहिलेको जस्तो गीतसंगीत सुन्नको लागि सहज अवस्था थिएन । सिमित माध्यम थिए । त्यस्ता सिमित माध्यममा पहुँच पुग्न समेत उतिकै गाह्रो थियो । रेडियो नेपाल तथा एफ एम रेडियो मार्फत गीत सुन्ने गर्थे । यसरी गीतसंगीत सुन्दै गर्दा मलाई विशेषगरी लोकसंगीततर्फनै बढी रुचि हुन्थ्यो । सोही कारण लोक प्यार्टनका गीत सुन्ने अनि गुनगुनाउने प्रयास गर्थे ।

कलाकारको निखारता भनेकै रियाज हो साधना हो । निरन्तरको प्रयास र अभ्यासले नै निखारता थपिन्छ । मैले निरन्तर अभ्यास गर्दै निखारता थप्ने कोसिस गरिरहेको छु । गीत संगीतको क्षेत्रमा सफल हुनु नै मेरो सपना हो । सोही सपना पुरा गर्न मेहनतका साथ लागिरहेको उहाँको भनाई छ ।

रीता केसी

गायिका रीता केसीले आवाज भरेका गीत लगभग ३ सय पुगिसके । उहाँले चलचित्र, लोक, आधुनिक, पप, तीज तथा विभिन्न भाषाभाषीको गीतमा आफ्नो आवाज भरेर धेरै दर्शक श्रोतामाझ बेग्लै छाप छोड्न सफल हुनुभएको छ । यी गीतले उहाँलाई भर्सस्टाइल गायिकाको रुपमा चिनाएको छ । देश विदेशका सांगीतिक कार्यक्रममा प्रस्तुती राख्दा दर्शकको राम्रो साथ उहाँलाई मिल्ने गरेको छ । आफ्नो सांगीतिक यात्राको प्रारम्भ जन्म जिल्ला दाङबाट सुरु भएको उहाँ बताउनुहुन्छ ।

मेरो सांगीतिक यात्रा जन्म जिल्ला दाङदेखि नै सुरु भएको हो । किनकी मैले सानैदेखि गीतहरु गाउथे । कक्षा ८ सम्म दाङमा पढेको हुँ । तहाँ रहँदा स्कुलहरुमा हुने कार्यक्रममा गीत सुनाउथे । त्यसपछि म दाङबाट काठमाण्डौ तर्फ लागे । अध्ययन काठमाण्डौमा नै गर्न थाले । प्रवेशिका परीक्षा उत्रिर्ण भएपछि ललितकला क्याम्पसमा भर्ना भए । त्यहाँ संगीतकै विषय लिएर अध्ययन गर्न थाले । अध्ययन गर्ने क्रममा नै मलाई चलचित्रको गीत गाउन अफर आयो । अनि नेपाली चलचित्र ‘जोखिम’को लागि गीत गाए । गीत धेरैलाई मनप¥यो । त्यसपछि दर्शक श्रोताको मायाका कारण थप अफर आउन थाले । यसरी आएका अफरलाई स्विकार्दै गीत गाउदै गए, रेर्कड गर्दै गए ।

मेरो बाल्यकालको केही समय दाङ जिल्लामानै बित्यो । त्यो बेला अहिलेको जस्तो धेरै सञ्चारका माध्यमहरु थिएन । मुख्य सञ्चार माध्यम भनेको रेडियो नेपाल, नेपाल टेलिभिजन थिए । मेरो बाल्यकालको बेला एफ एमहरु पनि खासै आइसकेको थिएन । सोही कारण रेडियो नेपाल धेरै सुन्थे । रेडियोमा बजेका अग्रज कलाकारहरुको गीतहरु सुनेर सँगसँगै गाउने प्राटिक्सहरु गर्थे ।
हामी सबै कलाकारको निखारता भनेकै रियाज हो साधना हो । विहान उठेर रियाज, साधना गर्ने प्राटिक्सहरु गर्ने गर्छु । दिनमा रेकर्डिङहरु हुन्छ । यसरी काम गर्दा आफूले आफूलाई निर्खादै लान प्रयास गर्छु । कलाकारले आफूमा भएको कमजोरी औल्याउदै, स्वरमा भएको गल्ती कमजोरीलाई हटाउदै निर्खादै लानुपर्छ । मैले त्यही प्रयास गरेर निखारता थप्न खोज्ने गर्छु ।

अहिले जे पाइरहेको छुँ । मैले देखेको सपना यहीं नै हो । अब सांगीतिक क्षेत्रमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म सेवा गर्ने, देश विदेशको यात्रा गर्ने नै सपना बुनेकी छु । गीत संगीतको मार्फतबाटै सामाजिक कार्य गर्नमा समेत रुचि छ मलाई । अर्को कुरा म अहिले म्युजिकमा मास्टर्स गर्दै छुँ । म्युजिकमै पिएचडीसम्म गर्ने मेरो सपना छ । उहाँले भन्नुभयो ।

रिना केसी

आजभन्दा झण्डै तीन वर्ष अगाडि ‘रिक्तो काख’ बोलको गीतमा आवाज भरेर लोक दोहोरी गायिका रिना केसीको गायन क्षेत्रमा डेब्यु भएको हो । तीन वर्षको अवधिमा उहाँको आवाजमा भंगेरी चरी, पान पाते ठुली, बाटैमा भाइरस, पुतली फुरुरु, विछोड, सम्झना लगायतका झण्डै दुई दर्जन गीत दर्शक श्रोतामाझ आइसकेका छन् । आफू सानैदेखि गीतसंगीतलाई माया गर्ने मानिस भएको उहाँ सुनाउनुहुन्छ ।

म सानैदेखि गीत संगीतलाई माया गर्ने मान्छे हो । कामको शिलशिलामा दूई वर्ष विदेशमा रहेँ । गीत संगीत मनपर्ने भएको हुनाले त्यहाँ रहदाँ आफ्नो मनको तृष्णा मेटाउन सामाजिक सञ्जालमा धेरै लाइभहरुमा बस्थे । गीतहरु गाउँथे । मैलै बढी लोकदोहोरी गीत गाउथे । विदेशबाट फर्किएपछि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा अगाडि बढें ।

निरन्तरको प्रयासबाट निखारिदै गएको हुँ । स्टेज कार्यक्रम तथा विभिन्न लाइभ प्रस्तुतीले समेत निखारिन सहयोग गरेको छ । गीत संगीतमानै भिजेर, रुझेर बस्न मन छ । यसै क्षेत्रमा निरन्तर लागेर दर्शक श्रोताको माया पाउने सपना आफूले बुनेको उहाँले सुनाउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button