गण्डकीतनहुँसमाचारस्याङ्जा

पृथ्वी राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल ठाेक्किएर ४ जना घाइते

पोखरा न्यूज । पृथ्वी राजमार्गको तनहुँ खण्डमा शनिवार एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

तनहुँको व्यास नगरपालिका १० कमलबारीस्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश २-०४-००१ प ०१४८ नंको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ग १ झ ४५८ नंको एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका १० बस्ने ३९ वर्षीय रबिन कोईराला, एम्बुलेन्समा सवार स्याङजाको बिरुवा गाउँपालिका ८ का २३ वर्षीय अनित कुमार बिक, बिरुवा ३ की ४० वर्षीया मिठु कुमारी कामी, बिरुवा ४ की वर्षीया ८१ की जर्सी कुमारी कामी रहेका छन् ।

घाइतेहरुको अवस्था मध्यम रहेको र उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x