खोलाले बगाएर म्याग्दीमा एकजना बेपत्ता

पोखरा न्यूज । खोला तर्ने क्रममा बगाएर म्याग्दीमा अन्दाजी ५० वर्षीय एक पुरुष शनिवार दिउसो बेपत्ता भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग स्थित तिप्ल्यङबाट बेनीतर्फ पैदल आँउदै गरेका नाम, थर र वतन नखुलेका पुरुष खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका हुन् ।

बेग खोला तर्ने क्रममा खोलाले बगाएको भन्ने खबर पाएपछि सो स्थानमा प्रहरी टोली खटिगई खोजतलास तथा घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button