गुम्बामा पूजा गर्ने विषयमा झडप, घाइतेको हेलिकप्टरबाट उद्दार

पाेखरा न्यूज । पूजा गर्ने विषयमा भएकाे दुई समूहबीचकाे झडपमा परेर डाेल्पामा चार जना घाइते भएका छन् ।

डोल्पामा गुम्बामा पूजा गर्ने विषयमा दुई समूहबीच झडप हुँदा एक महिलासहित चार जना घाइते भएका हुन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अबस्था गम्भीर छ ।

झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनु भएकाे छ ।

टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाई फिष्टेल एअरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उहाँलाई काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पूजा एक समूहले पहिला गरेको भन्दै अर्को समूहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते हुनुभएकाे हाे ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button