तनहुँकाे बन्दिपुरमा ट्रयाक्टर दुर्घटनामा घाइते चालकको मृत्यु

पोखरा न्यूज । तनहुँमा शनिबार भएको ट्रयाक्टर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

बन्दिपुर गाउँपालिका १ स्याउली चिसापानी स्थित डुम्रे बन्दिपुर सडक खण्डमा ग १ त ३११६ नंको ट्याक्टर शनिबार राति साढे १० बजे आफै अनियन्त्रत भई सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्रयाक्टर चालक बन्दिपुर २ पौवाका २३ वर्षीय सुदिप कपाली र सहचालक ३५ वर्षीय माधब बिक घाइते भएका थिए ।

दुबै घाइतेलाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकोमा चालक कपालीको उपचारको क्रममा मृत्यु भएको हाे।

अर्का घाईते बिकको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button