काेराेनाबाट पाेखरामा उपचाररत थप ५ जनाकाे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पाेखरा र म्याग्दीकाे बेनी अस्पतालमा उपचारकाे क्रममा थप ६ जनाकाे मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा पर्वतकाे कुश्मा ६ की ६९ वर्षीया महिलाकाे आइतबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा थप ३ जनाकाे मृत्यु भएकाे छ । तनहुँकाे व्यास ४ की ३३ वर्षीया महिलाकाे शुक्रबार, कास्कीकाे पाेखरा १४ की ६४ वर्षीया महिला र स्याङ्जाकाे विरुवा ४ का ५८ वर्षीय पुरुषकाे शनिबार प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

म्याग्दीकाे रघुगंगा ३ का ७२ वर्षीय पुरुषकाे बेनी अस्पतालमा शुक्रबार मृत्यु भएकाे हाे ।

गण्डकी मेडिकल कलेज पाेखरामा बाग्लुङ ८ की ६७ वर्षीया महिलाकाे भदाै १६ गते मृत्यु भएकाे छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३१२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button