नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदा पोखरा-५ निबासी युवकसहित ६ पक्राउ

पोखरा न्यूज । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन लगाउने ६ जनालाई पक्राउ गरेको छ ।

अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरीले नवलपरासी गैडाकोट न.पा. वडा नं. ३ , बेल्डिया घर भइ पोखरा महानगरपालिका – ५ मालेपाटन बस्ने ३० वर्षीय नरेश केसी, पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवाल, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका सोहिली शाहीलाई पक्राउ गरेको हो ।

अमेरिकी दुतावाससँगको समन्वयमा  नक्कली कागजात बनाउने कार्यमा संलग्न उनीहरुलाई  पक्राउ गरी कारबाही थालेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ईडीभी  परेका व्यक्तिले  भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता देखाउन  कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो ।

उनीहरुको साथबाट नक्कली शैक्षिक प्रमाणपत्रसमेत बरामद गरिएको छ । शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिको खोजतलास एवं थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button