४० वर्षीया महिलाका ६९ सन्तान, कसरी सम्भव भयो ?

एजेन्सी- गाजा, २१ भदौ ।  सामान्यतया दुई सन्तान जन्माउने योजना धेरै महिलाको रोजाइमा पर्छ ।

कतिपय आधुनिक महिला त एउटा सन्तान जन्माउन पनि झन्झट मान्छन् । तर, प्यालेस्टिनी एक महिलाले भने ६९ वटा सन्तान जन्माएकी थिइन्, त्यो पनि सानो उमेरमा । ४० वर्षमा ६९ सन्तान कसरी सम्भव भयो ? धेरैलाई यस्तो कौतुहलता लाग्न सक्छ ।

गाजाको अल एन समाचार संस्थाका अनुसार ती महिलाले १६ पटक जुम्ल्याहा र सात पटक तिम्ल्याहा जन्माएकी थिइन् । त्यस्तै, चारपटक चम्ल्याहा जन्माएकी थिइन् । उनी इतिहासकै सर्वाधिक उर्वर महिला थिइन् ।

उनको मृत्यु पनि बच्चा जन्माउने क्रममा नै भएको थियो । सानो उमेरमा धेरै सन्तान पाउने उनी नै पहिलो महिला भने होइनन् । यसअघि रसियाली महिला भ्यासिलेभाले पनि ६९ सन्तान जन्माएको गिनिज वल्र्ड रेकर्डमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button