स्याङ्जामा गोरु काटेको अभियोगमा ३ जना पक्राउ

पोखरा न्यूज । गोरु काटेको अभियोगमा स्याङ्जामा ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा भिरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुम प्रसाद गुरूङ र खेम गुरूङ रहेका छन् ।

ढापुकफेदीमा गोरू काटी भागबण्डा लगाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी दहथुम स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर तलासी गरेको थियो ।

प्रहरीका अनुसार घर तलासी गर्दा गोरू काटी छाला तोडी, टाउको, खुट्टा, शरिर छुट्टा छुट्टै बनाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर पशुपंक्षी सम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button