अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपालको झण्डा फहराउछु : सागर

आर्नोल्ड क्लासिक मेन फिजिक्स युकेको लागि क्वालिफायर मार्फत छनोट

राजाराम पौडेल । पोखरा १६ बाटुलेचौरका सागर विश्वकर्मा अक्टुवर २ तारेखमा युकेमा हुने आर्नोल्ड क्लासिक मेन फिजिक्स युकेको लागि छनोट हुनुभएको छ । युकेमा आइतबार भएको क्वालिफायरमा सेकेन्ड रनर्सअप बन्दै उहाँ छनोट हुनुभएको हो । उहाँले ५ दशमलव ९ देखि ५ दशमलव ११ इन्च क्याटागोरीमा प्रतिष्पर्धा गर्नुभएको थियो ।

‘यो ओपन क्लासको प्रतियोगिता हो । अघिल्लो चरणको लागि उत्कृष्ट ३ मा पर्नुपर्ने थियो’ सागरले पोखरा न्यूजसँग कुरा गर्दै भन्नुभयो । अघिल्लो चरणको लागि ६ जनाबीच प्रतिष्पर्धा भएको थियो ।

आर्नोल क्लासिकका विभिन्न ठाउँमा क्वालिफायर भएको र उपाधिका लागि झण्डै एकसयजना जति बीच प्रतिष्पर्धा हुने उहाँले सुनाउनुभयो । युरोपियन कन्ट्रीका एक्सपोर्ट सहभागी यस्तो ठूलो इभेन्ट खेल्न पाउनु ठुलो कुरा भएको उहाँको भनाइ छ ।

यो प्रतियोगितामा उहाँले नेपाली भनेर वा नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा भने गर्नुभएको हैन । प्रतियोगिताको लागि यस अगाडिसम्म खासै सर्पोट नभएपनि विस्तारै आउन थालेको उहाँले बताउनुभयो । ‘विस्तारै सर्पोट आउन थालेको छ, हिजोको कार्यक्रममा युके नेपाल बडिविल्डङबाट सर्पोट गर्न आउनुभएको थियो’ उहाँले थप्नुभयो ।

अबको झण्डै एक महिना तयारी थप निखारता थप्ने उहाँको योजना छ । हिजोको गेम राम्रो भएको थियो उद्धेश्य फस्ट हुने नै थियो, सतप्रतिशत बडी फममा आएको थिएन, मुख्य फोकस फोकस अबको प्रतिष्पर्धामा गर्छु भएका कमजोरी आगामी दिनमा सुधार्छु । उहाँले भन्नुभयो ।

प्रतियोगितामा जितेपछि नेपालको झण्डा लिएर स्टेजमा उभिने सपना भएपनि यो प्रतियोगितामा त्यस्तो अवसर मिल्दैन । किनकि यो प्रतियोगितामा मैले नेपालको प्रतिनिधित्व भने गरेको हैन । तर, कुनै दिन ठुलो अन्तराष्ट्रिय प्रतियोगिता जितेर नेपालको झण्डा फहराउने धोको छ ।

सागरलाई आजको दिनसम्म आइपुग्न सहज भने थिएन । विभिन्न सर्घषबाट खारिएर उहाँ यो अवस्थामा आइपुग्नु भएको हो । पोखरामा जन्मिनुभएका उहाँ सन् २००५ मा नेपालबाट भारतको दिल्ली जानुभयो । तहाँ ४ वर्ष स्ट्रगल गर्नुभयो । सोचे जस्तो भएन । त्यसपछि सन् २००९ मा दिल्लीबाटबाट गोवा हानिनुभयो । गोवामा भने उहाँलाई केही राम्रो भयो । स्ट्रगल गरेरै अगाडि बढ्न कस्सिनुभयो । स्ट्रगलले जीवन परिवर्तन समेत भयो । त्यहाँ उहाँले मम बेच्ने व्यवसाय गर्नुभयो ।

उहाँको शारीरिक सुगठन तर्फको यात्रा भारतबाट नै भएको हो । सन् २०१५ मा पहिलोपटक शरीरिक सुगठन प्रतियोगितामा भाग लिनुभएको हो । यो गोवाकै स्थानीय प्रतियोगिता थियो । मिस्टर गान्धी फिटनेस गोवामा २०१५ सहभागी हुनुभएका उहाँ २०१६ मा सोही प्रतियोगितामा द्धितीय बन्नुभयो ।

उहाँले नेपालको प्रतिनिधित्व गरेर पहिलो अन्तराष्ट्रिय प्रतियोगिता मिस्टर ओलम्पिया एमेचर २०१७ मा सहभागी हुनुभयो । यो प्रतियोगितामा ३० जनाले प्रतिष्पर्धा गरेका थिए । उहाँ उत्कृष्ट १२ भित्र पुग्नुभयो । उत्कृष्ट ६ मा भने पर्नुभएन ।

२०१८ मा मिस्टर माछापुच्छ्रे पोखरामा ७५ केजीमा स्वर्ण, ओभर अलमा तेस्रो स्थानमा उहाँ आउनुभएको थियो । त्यही वर्ष काठमाण्डौमा भएको राष्ट्रिय स्तरको ओपन बडिविल्डिङ फिजिक्समा सेकेन्ड रनर्सअप हुनुभयो ।

उहाँ सन् २०१८ मा युके जानुभएको हो । त्यहाँ रहँदा समेत उहाँको मनको प्यासन हट्न सकेन । त्यसपछि कामसँगै प्यासनलाई फलो गर्न थाल्नुभयो । उहाँले ९ घण्टाको डिउटी, परिवारलाई समय दिई बाँकी रहेको समय जिमलाई दिँदै तालिम गर्ने गनुृहुन्छ ।

उहाँले सन् २०१९ अगष्टमा भएको कम्पिटिसनमा समेत भाग लिनुभयो । केन्ट क्लासिक गोल्ड जितेपछि ब्रिटिस फाइनलको लागि छानिनुभयो । २७ जनाले भाग लिएको ब्रिटिस फाइनलमा उहाँ उत्कृष्ट ७ मा पुग्नुभएको थियो ।

पछिल्लो क्रममा कोरोनाका कारण भएको लकडाउनले केही प्रतियोगिता रोकिए । परिवारमा बुबा विरामी हुँदा उहाँलाई प्रेसर समेत थियो । अहिले फेरि सबै कुराको तयारी गरेर प्रतिष्पर्धा गर्दैहुनुहुन्छ ।

नयाँ खेलाडी उत्पादन गर्ने सागरको योजना

नेपालमा आयोजना हुने तथा नेपालले सहभागिता जनाउने प्रतियोगितामा खेलाडी छनोट गर्दा चलखेल हुने गरेको गुनासो उहाँको छ । नेपालमा क्षमता भन्दा पनि पैसा भएकोलाई सहभागिता गराउने चलन बढी देखिन्छ यो गलत हो आफ्नो मानिस भन्दापनि खुबी भएको मानिस अगाडि आउनुपर्छ ।

नेपालमा खेलाडी छनोट देखि प्रतियोगितासम्ममा फेयर नहुने गरेको कारण आफूले नेपालमा आयोजना हुने प्रतियोगितामा भाग नलिने घोषणा नै गरेको उहाँले सुनाउनुभयो । ‘अन्तराष्ट्रिय गेम खेल्ने खेलाडी छनोटमा ध्यान दिनुपर्छ । फस्ट राउण्डमा आउट हुने खालका खेलाडी छान्नु हुदैन । त्यस्तो गरेकोले मन मोरेको हो । नेपालमा गेम खेल्दिन भनेर कसम खाएको हुँ , आफै खेल्छु । आफै केही गर्छु भनेरनै अहिले अगाडि बढिरहेको छु’ उहाँले भन्नुभयो ।

आफू नेपाली भएकोले जहाँ भएपनि देशका लागि खेल्ने बताउनुहुन्छ । नेपालीले खेलेपछि नेपालले खेलेको अवश्व हुन्छ । यो क्षेत्रमा काम गनुैपर्ने धेरै छ । तर फाइनान्सियल रुपमा गाह्रो छ । कहिले के पुग्दैन कहिले के पुग्दैन । आगामी दिनमा यो क्षेत्रमा नयाँ खेलाडी उत्पादन गर्ने योजना उहाँको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button