काेराेनाबाट अस्पतालमा उपचाररत गण्डकीका थप ३ जनाकाे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पाेखरा र चितवनकाे अस्पतालमा उपचारकाे क्रममा थप ३ जनाकाे मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा पर्वतकाे माेदी ६ की ६९ वर्षीया महिलाकाे साेमबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा पाेखरा १६ का ७८ वर्षीय पुरुषकाे साेमबार मृत्यु भएकाे छ ।

चितवन मेडिकल कलेजमा नवलपुरकाे देवचुली २ का ७०  वर्षीय पुरुषकाे भदाै ८ गते मृत्यु भएकाे छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३१५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button