युनिलिभर नेपालले लाभांश बढायो, प्रतिसेयर ६५० रुपैयाँ प्रस्ताव

पाेखरा न्यूज । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष ०७७/८८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको २१ भदौमा बसेको सञ्चालक समितिको बैठकले गत आवबाट सेयरधनीलाई प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवमा प्रतिसेयर १०० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । लगानीकर्ताले प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र पाउने छन् ।

कम्पनीले लाभांश वितरण र साधारणसभाका लागि भनेर २५ असोजमा बुक क्लोज तोकेको छ । युनिलिभरको दोस्रो बजारमा प्रतिसेयर १९ हजार ५०० रुपैयाँ सेयर मूल्य छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button