कतार उड्न लागेका म्याग्दीका २ युवक ४ किलो चरेससहित पक्राउ

पोखरा न्यूज । कतार जान लागेका म्याग्दीका २ युवक सोमबार बिहान चरेससहित विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा म्याग्दीको मंगला गाउँपालिका ३ का ३६ वर्षीय श्याम प्रसाद रोका र ३५ वर्षीय वीर बहादुर रोका मगर रहेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेससहित उनीहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई बिमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त चरेश फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button