विकास बैंकहरूको व्यापारमा तीन अर्ब ७३ करोडकाे वृद्धि

पाेखरा न्यूज । विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवै बढेको छ । विकास बैंकहरूले भदौ महिनाको पछिल्लो एक सातामा तीन अर्ब ७३ करोड रुपैयाँले व्यापार बढाएका हुन् । एक सातामा १५ वटा विकास बैंकहरुमा एक अर्ब ४० करोड ८६ लाख रुपैयाँ निक्षेप थपिएको छ ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको तथ्यांकमा कर्पोरेट डेभलपेमन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको भने वित्तीय विवरण समावेश छैन ।

तथ्यांकअनुसार १५ वटा विकास बैंकहरूले १८ भदौसम्मको एक सातामा ४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा सो अवधिमा ४ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा अघिल्लो साता ४ अर्ब २९ अर्ब रुपयाँ थियो भने निक्षेप ४ खर्ब ८७ अर्ब रहेको छ । गत १८ असोजसम्ममा विकास बैंकहरुले निक्षेप संकलन अघिल्लो साताको तुलनामा ०.२९ र कर्जा ०.८७ प्रतिशतले बढेको देखिएको छ ।

सो अवधिमा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप ४ खर्ब १६ अर्ब छ भने कर्जा ३ खर्ब ६५ अर्ब रहेको छ । यस अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको निक्षेप १ अर्ब ६६ करोडले बढेको छ भने कर्जा ३ अर्ब ३७ करोड रुपैयाँले बढेको देखिएको छ ।

क्षेत्रीय स्तरका विकास बैंकहरुको कर्जा प्रवाह भने १८ भदौसम्ममा ३६ करोड रुपैयाँले बढेको पनि देखिएको छ । तथ्यांकअनुसार क्षेत्रीय स्तरका विकास बैंकहरुको निक्षेप ७२ अर्ब १७ करोड रहेको छ भने कर्जा लगानी ६७ अर्ब १७ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । क्षेत्रीयस्तरका विकास बैंकहरुको कर्जा लगानी ०.५४ प्रतितशले बढेको छ ।

त्यस्तै, १२ भदौसम्ममा १५ विकास बैंकहरुले ४ खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपैयाँमा कर्जा प्रवाह गरेकोमा १८ भदौसम्म ४ खर्ब ३३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी ०‍‍.९३ प्रतिशतले बढेको छ । यो अवधिमा कर्जा प्रवाह ३ अर्ब ३७ करोड रुपैयाँले बढेर ३ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button