गण्डकीबाग्लुङमुख्य खबरसमाचार

एक लाख लिदै नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने बागलुङका युवक पक्राउ

पोखरा न्यूज । नक्कली सर्टिफिके बनाउने कार्यमा संलग्न रहेको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका–९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो ।

नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाइदिने, नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको केसीमाथि आरोप छ ।

ललितपुर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले केसीले सक्कली सर्टिफिकेटलाई पैसा लिएर अरुको नाममा नक्कली सर्टिफिकेट बनाइदिने गरेको खुलेको जानकारी दिनुभयो ।

सक्कली सर्टिफिकेटधारी चिकित्सकले आफ्नो नामको सर्टिफिकेट अरुकै नाममा बनेको भेटाएपछि परिसरमा उजुरी गरेको आधारमा उनलाई पक्राउ गरिएको बज्राचार्यले बताउनुभयो ।

‘प्रारम्भिक अनुसन्धान अनुसार एक सर्टिफिकेट बनाएको न्यूनतम् एक लाख रुपैयाँ सम्म लिने गरेको खुलेको छ,’ बज्राचार्यले भन्नुभयो, ‘एक्लैले यस्तो कामै गर्न सक्दैन, यसमा थुप्रै मानिसहरूको संलग्नता रहको आशंका छ ।’

केसीले थुप्रै सर्टिफिकेटलाई नक्कली बनाएर बेचेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x