बुधबार कास्कीसहित प्रदेशमा कतिमा पुष्टि भयाे काेराेना ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ३८ जना पुरुष तथा ३८ जना महिला गरी ७६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको  नमुना परीक्षणमा गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ७६ सहित म्याग्दीका १ जना, पर्वतका ३ जना, गाेरखाका ७ जना, लमजुङका १२ जना, तनहुँका १२ जना, बाग्लुङका ६ जना, स्याङ्जाका १५ जना र नवलपुरका ३१ जना गरी प्रदेशका ९  जिल्लामा ८२ पुरुष तथा ८१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ९९२  पुगेको छ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३२० पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button