पोखरामा दुई लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ (नामावलीसहित)

पोखरा न्यूज । कास्की प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित  स्याङ्जा बुटवल खाजा घर भित्र हार जितको बाजी लगाएर जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने ४३ वर्षीय तिलक बिक , पर्वत मोदी गाउँपालिका 3 का ५४ वर्षीय याम बहादुर लामिछाने , स्याङ्जा  बिरुवा ३ का ४६ वर्षीय चुन बहादुर थापा तथा २६ वर्षीय विनोद बिक, पर्वत भोर्ले ४ घर भई पोखरा ९ नयाँबजार  बस्ने ४८ वर्षीय जित बहादुर गुरुङ र  पोखरा ६ लेकसाइड जरेबर बस्ने वसन्त श्रेष्ठ रहेको डिएसपी हमालले उल्लेख गर्नुभयो ।

डिएसपी हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट दुई लाख ८६ हजार ७२० रुपैयाँ नगद, म्याट्रेस  र १५९ पत्ती तास बरामद गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button