प्रहरीमाथि हातपात गरेको अभियोगमा पोखरा ७ की रुपासहित ४ पक्राउ

पोखरा न्यूज । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँस्थित होटलकी संचालिकासहित चार जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार  बुधबार राति होटलकी संचालिका कास्की पोखरा महानगरपालिका-७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापा मगरसहित मादक पदार्थ सेवन गरी बसेका  ४ जनाले  प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको हो  ।

उक्त  होटलमा हो-हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्ने क्रममा  प्रहरीमाथि  नै हातपात भएको प्रहरीको भनाई छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button