अफगानिस्तानबाट उद्दार गरिएका ११ नेपाली भारतमा क्वारेन्टिनमा

एजेन्सी, नयाँ दिल्ली, २४ भदौ । अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारिन्टनमा बसेका छन् । काबुलबाट उद्दार गरिएका २४ जना भारतीयसँगै उनीहरु दुई साता क्वारेन्टिनमा बसेका हुन् ।

उनीहरुलाई नयाँ दिल्लीको भारत–तिब्बत सिमा प्रहरी (आईटीबीपी) केन्द्रमा क्वारेन्टिनमा राखिएको थियो । भारत सरकारले उनीहरुलाई दुई साताअघि अफगानिस्तानबाट उद्दार गरि नयाँ दिल्ली पुर्‍याएको थियो ।

कोभिड परिक्षणपछि यही २६ अगस्टमा उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको थियो । कोभिड परिक्षण गर्दा उनीहरु सबैको रिपोर्ट नेगेटि आएको थियो । क्वारेन्टिन अवधिभर उनीहरु सबैलाई निःशुल्क खाने, बस्ने, खेल्नेलगायतको व्यवस्था मिलाइएको थियो ।

केन्द्रले क्वारेन्टि अवधिभर योग अभ्यास गराउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी काउन्सेलिङ प्रदान गरेको थियो । अहिलेसम्म केन्द्रमा वंगलादेश, चीन, म्यानमार, माल्दिभ्स, अमेरिका, दक्षिण अफ्रिका र अफगानिस्तानका ४२ जना सो केन्द्रमा क्वारेन्टिनमा बसिसकेका छन् ।

केन्द्रमा अहिलेसम्म अफगानिस्ताबाट भारत फर्किएका एक सय १३ जना अनिवार्य क्वारेन्टिनमा बसेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button