पारसको कुखरा फार्ममा चितुवा, ५ लाख २५ हजारको क्षति

पोखरा न्यूज । बागलुङ जिल्लाको बागलुङ नगरपालिका ३ माछापोखरीमा रातको समयमा कुखरा फार्ममा चितुवा पसेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय पारस केसीले संचालन गर्दै आएको लोकल कुखुरा फार्ममा चितुवा पस्दा ५ लाख २५ हजार बराबरको क्षति भएको छ ।

गए राति फार्ममा चितुवा पसेर ३५० बटा घाँटी खुईले, जुरेली, लुइचे, कडकनाथ जातका कुखुरा मारेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button