महिला रेस्लर यूनिकाको आवाजमा ‘हामी खस क्षेत्री’ सार्वजनिक

टिकटक भिडियो प्रतियोगिता हुँदै

राजाराम पौडेल । नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर भगवती खड्का यूनिकाको आवाजमा रहेको गीत ‘हामी खस क्षेत्री’ सार्वजनिक भएको छ । रेस्लर युनिका खेलमा मात्र हैन, कलाकारिता, राजनीति र गायन क्षेत्रमा समेत उतिकै सक्रिय हुनुहुन्छ ।

उहाँको सुरुवातको सपना रेस्लर बन्ने भन्दा पनि गायिका बन्ने थियो । उहाँको बाल्यकाल गाउँमा नै बित्यो । २०६५ सालमा एल्बम ‘युनिक’ मार्फत नेपाली सांगीतिक फाँटमा उहाँको आगमन भएको थियो । उहाँले सांगीतिक क्षेत्रलाई साथसाथै लैजान खोज्नु भएको छ । विस्तारै अन्य नयाँ गीत समेत रहेको उहाँले बताउनु भएकाे छ ।

सार्वजनिक भएको गीतको रचना जि.बि क्षेत्रीले गर्नुभएको हो । मीरा साउण्ड मार्फत बजारमा आएको गीतमा संगीत विकास चौधरीले भर्नुभएको छ । मुलुकको रक्षार्थ ज्यानको बलिदानी दिने खस क्षेत्रीहरुप्रति सम्मान अर्पण गर्दै क्षेत्रीको विरता र साहसलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।

रेस्लर भगवती खड्का युनिकालाई चिनाउँदा

नेपालको पहिलो महिला रेस्लर युनिकाको जन्म २०४५ साल भाद्र २५ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ मा भएको हो । उहाँले २०६९ सालको मंसिर महिनाबाट औपचारिक रुपमा रेस्लिङ खेल्न थाल्नुभयो । उहाँको लक्ष्य डब्लु डब्लु ईमा नेपालको प्रतिनिधित्व गर्ने रहेको छ । जोखिमपुर्ण काम गर्न रुचाउने भएकोले रेस्लिङतर्फ आर्कषित भएको उहाँ बताउनुहुन्छ ।

नेपाल ओमन रेस्लिङ फाउन्डेसनको अध्यक्ष समेत रहनुभएको उहाँ रेस्लिङ क्षेत्रमा नयाँ–नयाँ प्रतिभालाई ल्याउन क्रियाशील बनिरहनु भएको छ । रेस्लिङमा युनिकाको नाममा परिचित उहाँ भारत्तोलनको खेलाडि समेत हुनुहुन्छ । उहाँले थुर्पै नेपाली चलचित्र तथा टेलि–चलचित्रमा समेत आफ्नो कला देखाइसक्नु भएको छ ।

हुनपनि यो खेल एकदम जोखिमपूर्ण हुने हुँदा हत्तपत्त महिलाहरु खेल्न इच्छुक हुँदैनन् । महिलाहरुलाई रेस्लिङ अरु खेल जस्तै खेल हो भनेर कन्भिन्स गर्न उतिकै गाह्रो छ । उहाँ महिलाहरुलाई कन्भिन्स गराउदै तालिम दिने जस्ता काममा बढी ब्यस्त हुनुभयो । महिला रेस्लिङलाई प्रोफेसनल रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर उहाँ अगाडि बढ्नुभएको छ ।

‘नेपालमा रेस्लिङ खेलको लामो इतिहास छैन । भर्खर–भर्खर सुरुवात भइरहेको छ । अब हामीले यसलाई स्थापित गर्न लागिपरेका छौ । आशा गरौ अरु खेल जस्तै एकदिन रेस्लिङ पनि स्थापित हुनेछ । यस खेलको माध्यमबाट नेपाललाई संसारभर चिनाउने इच्छा छ’ पोखरा न्यूजसँग कुरा गर्दै उहाँले भन्नुभयो ।

उहाँ आवद्ध महिला रेस्लिङ फाउन्डेसनको मुख्य काम देशभरिका इच्छुक महिलाहरुलाइ रेस्लिङ खेल्नको लागि प्रोत्साहन गर्ने हो । यसलाइ देशब्यापी रुपमा फैलाउने आफूहरुको प्रयास रहेको उहाँले सुनाउनुभयो ।

????????????????????????????????????

अमेरिकाको डब्लु.डब्लु.इ.खेल्ने सपना युनिकाको छ । म एउटा साधारण परिवारमा जन्मेको मान्छे हो । अनेक आरोह अबरोह पार गर्दै आएँ । रेस्लिङको माध्यमबाट देशमा त भइ नै हाल्यो अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाललाइ चिनाउने मन छ । नेपालसँगै अन्य विभिन्न देशमा खेलि सकेको छु । अझै धेरै मिहिनेत गर्न बाँकी छ र अमेरिकाको डब्लु.डब्लु.इ .खेल्ने मेरो सपना हो त्यसपछी राजनीतिमा सम्पुर्ण समय खर्चेर रास्ट्र सेवा गर्ने मेरो दृढ चाहना हो । युनिकाले भन्नुभयो ।

व्यक्तिगत रुपमा त रेस्लिङ क्षेत्रमा आफू खुशी नै भएको उहाँको भनाई छ । म आफ्नो इच्छाले यो क्षेत्रमा आएको हो । आफ्नो मनैदेखिको इच्छा अनुसारको काम गर्न पाँउदा मान्छे दुःखलाई पनि सहज रुपमा समाधान तिर लाग्छ मैले सहज रुपमै लिन्छु । तर पेसागत रुपमा लाग्न चाहनेको लागि अलि गाह्रो नै छ । उहाँले थप्नुभयो ।

टिकटक भिडियो प्रतियोगिता हुदैँ

हालै सार्वजनिक भएको रेस्लर युनिकाको आवाजमा रहेको ‘हामी खस क्षेत्री’ गीतको बोलमा टिकटक प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगिताको नतिजा आगामी असोज २१ गते क्षेत्री दिवसको दिनमा घोषणा गरिनेछ ।

सहभागी महिलाहरुले राष्ट्रिय पहिचान झल्किने गरि क्षेत्रीको भेषभुषा फरिया, चोलो, पटुकी लगाउनुपर्नेछ । पुरुष सहभागीहरुले नेपालीको राष्ट्रिय पोशाक वा क्षेत्रीको चिनारी सेतो दौरा सुरुवाल, कालो जुत्ता, ढाक टोपिमा सजिनुपर्नेछ । सहभागीले आफ्नो अन्तिम तयार भिडियो वा टिकटक भिडियो हामी खस क्षेत्री नामक फेसबुक वा म्यासेन्जरमा पठाउनु पर्नेछ । भिडियो आगामी असोज २० गतेसम्म पठाइ सक्नुपर्ने आयोजकको भनाई छ ।

प्रतियोगीतामा भाग लिई उत्कृष्ट टिकटक भिडियो निर्माण गर्ने मध्येबाट उत्कृष्ट महिला र उत्कृष्ट पुरुष घोषणा गरिनेछ । उनीहरुलाई नगद पाँच हजार, प्रमाणपत्र सहित क्षेत्री दिवसको दिन विशेष सम्मान गर्ने तयारी गरिएको छ ।

भिडियो लिंकः 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button