पोखरामा सीमसार पुरेको आरोपमा खतिवडा पक्राउ

न्युज कारखाना/पोखरा, २५ भदौ । पोखरामा पछिल्लो समय सटर बनाउँदै भाडामा लगाउने सटर व्यापारी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

फेवाताल किनारमा मापदण्ड विपरित जग्गा पुर्ने र पर्खाल लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो  ।

उनले सटर व्यापारकै लागि पोखरा १८ सेदीमा सीमसार पुरेर संरचना निर्माण गरिरहेका छन् । पटक पटक सचेत गराउँदा पनि पुर्ने क्रम नरोकिएपछि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

‘यसअघि पनि सचेत गराइएको हो । तर पुर्न छोड्नुभएन,’ प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘बाध्य भएर पक्राउ गरिएको हो ।’

खतिवडाले सम्झाउने क्रममा प्रहरीमाथी अभद्र व्यवहार पनि गरेको हमाल बताउँछन् । उनलाई प्रहरीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि कास्की अदालतबाट म्याद थप गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button