नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

पाेखरा न्यूज । पपुवा न्युगिनीविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले टस जिते र ब्याटिङ गर्ने भएको छ ।

शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्नु भएकाे हाे । नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा–रात्रि खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरू हुनेछ ।

दोस्रो खेलमा विकेट किपर विनोद भण्डारी, करण केसी र सुशन भारीले स्थान बनाउनु भएकाे छ । चोटका कारण उपकप्तान दिपेन्द्र सिंह ऐरीले आराम गर्नुहुनेछ । यस्तै शरद भेषावकर, आरिफ शेख र पवन सरार्फ भने सुरुवाती –११ बाहिर रहनु हुनेछ।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएकाे थियो । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिनुभएकाे थियाे भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाउनु भएकाे थियाे ।

नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवसिय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो ।

नेपालले पपुवा न्युगिनीसँगको खेलपछि आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button