काेराेनाका कारण पाेखराकी ४१ वर्षीया युवतीसहित ४ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु भएकाे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा पाेखरा १३ की ४१ वर्षीया महिलाकाे बिहीबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा कास्कीकाे अन्नपुर्ण २ का ८६ वर्षीय पुरुषकाे बिहीबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

गण्डकी मेडिकल कलेजमा पाेखरामा तनहुँकाे व्यास १४ का ७० वर्षीय पुरुषकाे बिहीबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल पाेखरामा स्याङ्जाकाे भिरकाेट ९ का ७२ वर्षीय पुरुषकाे बिहीबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३२७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button