नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिमा विभिन्न पदका उम्मेदवारहरु (नामावलीसहित)

सभापति, उप- सभापति, सचिव लगायतका पदमा क- कसको उम्मेदवारी ?

पोखरा न्यूज । नेपाली काँग्रेसको आगामी असोज ९ गते हुने महाधिवेशनमा पोखरा महानगर कार्यसमितिका विभिन्न पदका उम्मेदवारको नामावली प्रकाशित भएको छ ।

नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति कास्कीले कास्की जिल्ला अन्तर्गत पोखरा महानगरपालिकाको अधिवेशनको निर्वाचनका विभिन्न पदका प्रत्याशीको प्रथम नामावली प्रकाशन गरेको हो ।

महानगरको सभापति र उप- सभापति पदको लागि ६/६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत रामचन्द्र पौडेल (आरसी विमल) ले जानकारी दिनुभयो । त्यसै गरी सचिव पदका लागि तिन जना तथा सह-सचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

महानगरका ३३ वटै वडाबाट प्रत्यक्ष तर्फका तिन/तिन सदस्यका लागि, खस आर्य, जनजाति, दलित र मुस्लिम पदका  उम्मेदवारको नामावली प्रकाशित गरिएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । पौडेलका अनुसार  मधेसको तर्फमा भने कुनै उम्मेदवारी परेको छैन ।

निर्वाचन समितिले अपाङ्गता भएका क्रियाशील सदस्य मध्येबाट एक महिलासहित दुई प्रदेशसभा क्षेत्रीय प्रतिनिधि अधिवेशन पदका उम्मेदवारको नामावली समेत प्रकाशन गरेको छ ।

प्रकाशित नामावलीमा कुनै दाबी विरोध रहेमा २६ गते बिहान ११ बजेसम्म सम्पर्क गर्न सकिने निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

नेपाली काँग्रेसले महाधिवेशन कार्य तालिका परिमार्जन गरे अनुसार पोखरासहित देशभरका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा आगामी असोज ९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन भएको हो।

[pdf-embedder url=”https://www.pokharanews.com/wp-content/uploads/2021/09/Pokara-Metro-Candidate.pdf” title=”Pokara Metro Candidate”]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button