प्रवाससमाचारसमाज

साझा र नतिजामुखी एनआरएनए मेरो एजेण्डाः उपाध्यक्षका उम्मेदवार थर्क सेन

पोखरा न्यूज । लामो समयदेखि गैर आवासीय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ  । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवासीय नेपालीलाई बुझाइरहनु भएको छ  ।

पूर्व बेलायत सैनिक थर्क सेनले स्पष्ट योजना, अग्रजको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र कुशल नेतृत्वको अध्यासले धेरै क्षेत्रमा फड्को मार्न सकिने बताउनुहुन्छ । ‘मेरो योजना, ज्ञान, अनुभव, ऊर्जा संस्थागत हितमा लगाउन चाहन्छु,’ सेनले भन्नुभयो ।

उच्चतम प्रविधिको प्रयोगले नेपालका धेरै क्षेत्रमा योगदान गर्न आफूले चाहेको सेनले बताउनुभयो । ‘सडक सुरक्षाका क्षेत्रमा अझै धेरै संस्थागत हिसाबले योगदान गर्न सकियोस् । म चाहन्छु, युवा शक्तिलाई धेरैभन्दा धेरै सिर्जनशील काममा सहकार्य गर्न सकियोस्,’ सेनले भन्नुभयो, ‘एनआरएनएलाई व्यक्तिगत स्वार्थरहित, राजनीतिमुक्त, सुशासनयुक्त र सबैको साझा थलो बनाउन म लागि रहने छु ।’

एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आइसीसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक र एनआरएनए एकेडेमीको सदस्यसमेत रहेका सेनले संस्थामा देखिइरहेका सबै खाले बेथिति अन्त्य गर्नका लागि साझा एजेण्डा बोक्ने बताउनुभएको छ  । सबै गैर आवासीय नेपालीको आवाजलाई समेट्दै काम गरेर देखाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको सेनको भनाइ छ ।

‘आसन, भाषण, चन्दा र अनेक घोषणा गर्ने तर व्यक्तिगत स्वार्थ र राजनीति गर्दा धेरै विवादहरू निम्तिएका थुप्रै उदाहरण छन्,’ सेनले भने, ‘ती सबै इतिहासबाट पाठ सिक्दै असल अभ्यास गर्ने प्रयत्न मैले गर्नेछु । म एक्लैले सिंगो संस्था उठाउन सक्छु भन्ने होइन तर सबैको साथ सहयोग र साझा एजेण्डाका लागि सकारात्मक सुरुवात अवश्य गर्ने छु ।’ कामबाटै पदलाई न्याय गर्न हरदम लाग्ने सेनको भनाइ थियो ।

‘मेरा लागि एनआरएनए रहर होइन सबल संस्था बनाउने जिम्मेवारी हो,’ सेनले भन्नुभयो, ‘साझा समस्याको हल र हक स्थापित गर्न एकतामा म विश्वास गर्छु । स्वच्छ, समृद्ध र मर्यादित एनआरएनए आजको आवश्यकता हो ।’

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x