महिना दिनदेखि रुखमै डेरा बनाएर अनलाइन कक्षा

पाेखरा न्यूज । महिना दिनदेखि रुखमै डेरा बनाएर एक विद्यार्थीले खाेटाङमा अनलाइन कक्षामा सहभागिता जनाउनु भएकाे छ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाउनु भएकाे छ । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहनु भएकाे हाे  । उहाँले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदैआएको बताउनु भएकाे छ । अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उहाँ रुखमा रहेकाे डेरामा बस्नु हुन्छ ।

विद्यालयले २४ साउनदेखि अनलाइन कक्षामार्फत पढाइ सुरु गरेको छ । तर, नवलपुर सिम्लेमा मोबाइलबाट खासैइन्टनरनेट चल्दैन । डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वइन हुन सम्भव थिएन ।

त्यही कारण उहाँ ८/९ दिनसम्म अनलाइन कक्षामा सहभागी हुन सक्नुभएन । पढाइ छुट्न थालेपछि उहाँले जुक्ति निकाल्नु भयाे । ‘घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरेँ तर कनेक्सन राम्रो देखिएन । एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो । रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ । अझ राम्रो कनेक्सन देखायो । जुम मिटिङमा जोडिन सफल भएँ,’ छात्र मगरले भन्नुहुन्छ, ‘रुखमै चढेर दुई दिन अनलाइन क्लासमा सहभागी बनेँ । दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ ।’

छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले हर्षित बनाएको सरस्वती माविका निमित्त प्रधानाध्यापक नविन चाम्लिङले बताउनु भयाे । सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । ३ असाेजबाट भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने निर्णय हलेसी तुवाचुङ नगरपालिकाले गरिसकेकाे छ।

१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुनुहुन्छ । उहाँका भाइ नयन कक्षा ८ मा पढ्नुहुन्छ । उहाँहरु आमासँग बसिरहनु भएकाे छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button