गण्डकीमनाङसमाचार

मनाङमा जडीबुटीबाट साढे १२ लाख रुपैयाँ राजस्व संकलन

पाेखरा न्यूज । हिमाली जिल्ला मनाङमा जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा एक हजार ८४ किलो जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो ।

आर्थिक वर्ष ०७६/७७ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आर्थिक वर्षमा कम राजस्व संकलन भएको अन्नपुर्ण संरक्षण क्षेत्र एक्याप प्रमुख लेखनाथ गौतमले बताउनु भएकाे छ ।

जिल्लाको मुख्य आयस्रोतको रूपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व संकलन हुँदै आएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x