विश्वमा आजः अमेरिकामा आत्मघाती हमलादेखि अकुपाइ वाल स्ट्रिट आन्दोलन

पाेखरा न्यूज । आज सेप्टेम्बर ११ । आज अमेरिकामा आत्मघाती हमलादेखि लिवियाको दूतावासमा हमला भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही घटनाः

लिवियाका अमेरिकी दूताबासमा हमला

सन् २०१२ मा लिबियाकोे बेन्घाजीस्थित अमेरिकी दूतावासमा आक्रमण हुँदा लिवियाका लागि अमेरिकी दूतु क्रिस्टोफर स्टेभेन्ससहित चार कूटनीतिज्ञको मृत्यु भएको थियो । आधुनिक हतियार बोेकेका करिब एक सय पचास सःशस्त्र लडाकुले दुई वटा भवनमा अन्धाधुन्दा गोली प्रहार गरेका थिए । तत्कालिन विदेशमन्त्री हिलारी क्लिन्टनको विवादस्पद अभिव्यक्तिपछि दूतावासमा हमला भएको थियो ।

शक्तिशाली बमको परीक्षण

सन् २००७ मा रसियाले एउटा शक्तिशाली बम परीक्षण गरेको थियो । गैर आणविक सो बमलाई मध्य आकाशमा बिस्फोट गराइएको थियो । बिस्फोट गर्दा थप अक्सिजन चाहिएको थियो । बिस्फोटका बेला बमले फालेको उर्जा ४४ टन टीएनटी बराबर थिए ।

अमेरिकामा अतिवादी हमला

सेप्टेम्बर ११ लाई अमेरिकी इतिहासमा कालो दिन हो ।सन् २००१ को सेप्टेम्बर ११ मा चार ओटा आत्मघाती बम हमला भएका थिए । अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी महत्वपूर्ण स्थानमा बिस्फोट गराएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको टावरमा बिस्फोट गराइएको थियो । बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो । तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो ।
ती सबै हमलामा ३ हजार जनाको मृत्यु हुनुका साथै ६ हजार घाइते भएका थिए । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो । अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । सोही हमलापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो ।

क्वालालम्पुरमा कमनवेल्थ खेल सुरु

सन् १९९८ मा पहिलो पटक एशियाली मुलुक क्वालालम्पुरमा पहिलो कमनवेल्थ खेल सुरु भएको थियो । सो खेलमा ६९ देशका विभिन्न खेलाडी सहभागी थिए । हरेक चार वर्षमा कमनवेल्थ खेल हुन्छ ।

अकुपाइ वाल स्ट्रिट आन्दोलन

आर्थिक असमानतको बिरोधमा सन् २०११ को सेप्टेम्बरमा न्युयोर्क सहरको आर्थिक जिल्ला वाल स्ट्रिट आन्दोलन सुरु भएको थियो । यो आन्दोलनबाट प्रभावित भएर क्यानडालगायत अन्य देशमा पनि आर्थिक असमानताबिरुद्ध आन्दोलन भएको थियो । सामाजिक तथा आर्थिक असमानता, लोभ, भ्रष्टाचार जस्ता विकृतिलाई अकुपाई वाल स्ट्रिटले उठाएको थियो । सोही वर्षको नोभेम्बरमा प्रदर्शनकारीलाई त्यहाँबाट हटाइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button