चलचित्र ‘ए मेरो हजुर -४’ चैत्र २५ गते रिलिज हुने

राजाराम पौडेल । चलचित्र ‘ए मेरो हजुर -४’ आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले पूर्व घोषीत मिति भाद्र १८ मा चलचित्र रिलिज गर्न नसकेपनि अब विस्तारै कोरोना कहर पनि कम हुदै गएको तथा नेपाल सरकारले सिनेमा हल खोल्ने अनुमति दिइएकोले चलचित्र रिलिज गर्ने तयारी गरिएको निर्माता सुनिल कुमार थापाले फेसबुकमा स्टाटस लेख्दै जानकारी दिनुभएको छ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले पूर्व घोषित मिति भाद्र १८ मा चलचित्र -ए मेरो हजुर -४ रिलिज गर्न रिलिज गर्न सकेनौ । अब बिस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमती दिएकोले बिस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी पनि आशाबादी छौ । त्यसै अनुरुप हामीले हाम्रो चलचित्र -ए मेरो हजुर -४ को प्रदर्शन आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेका छौ । संसारलाइ परेको अप्ठेरो समयले हामी सबै लाई छोडेन सम्पूर्ण चलचित्रकर्मी ,दर्शकहरुको साथ र सहयोग कोअपेक्षा राखेका छौ’ निर्माता थापाले लेख्नुभएको छ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल केसी र सुहाना थापाको जोडिको मुख्य अभिनय रहेको चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । त्यस्तै सर्पोट यो चलचित्र मार्फत समेत मिल्ने निर्माण पक्षको आशा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button