नवोदित साहित्यिक वाचनालय कतारद्वारा कृति अवार्ड र स्रष्टा सम्मान

तिलु शर्मा पौडेल, दोहा कतार । नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो तेह्रौँ अधिवेशन, नवोदित कृति अवार्ड र स्रष्टा सम्मान तथा बधाई कार्यक्रम सहित अनेसास नवोदितको ११६ औ वाचन डबली सम्पन्न गरेको छ।

वाचनालयका अध्यक्ष चक्र कार्कीको सभापतित्व तथा अनेसास कतार च्यापटरका अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यतमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापा मुग्लानी सौगात अलखोरका अध्यक्ष गणेश क्षेत्री लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष टिका खड्का “राष्ट्रप्रेमी” ले स्वागत मन्तव्य राख्नु भएकाे थियाे । महासचिव महेन्द्र खड्काले संस्थागत कार्यप्रगति तथा कोषाध्यक्ष शेखर बस्नेतले आयव्यय प्रस्तुत गर्नु भएकाे थियाे ।

डबली र सम्मान 

डबलीमा सानु थपलिया, टिका खड्का राष्ट्रप्रेमी, श्यामराज रानाभाट, दीप मिलन र प्रकाश पाठकले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे । निवर्तमान अध्यक्षलाई कार्यसमितिले प्रदान गर्ने सम्मान अन्तर्गत नवोदितका प्रमुख सल्लाहकार दिलीप पराजुली सम्मानित हुनुभएकाे छ ।

त्यस्तै एनआरएनए कतारको २०१९/२१ को साहित्यिक पुरस्कार विजेता दीप मिलन र पत्रकारिता पुरस्कार विजेता तिलु शर्मा पौडेललाई समेत बधाई पत्र प्रदान गरिएको थियो ।

कृति अवार्ड

कतारमा बस्दा या कतार छाडेर गए पछि लेखिएका नेपाली भाषाका सेवकहरूको कृतिलाई “नवोदित कृति अवार्ड” प्रदान गर्दै नवोदितले हौसला बढाउँदै आइरहेको छ । छैटौँ संस्करण अन्तर्गत “नवोदित कृति अवार्ड- २०७८” मा दर्ता भएका कृतिहरू मध्यबाट “सनैया” सङ्ग्रहले उक्त अवार्ड जितेको छ । सनैयाका लेखक होम कार्की हुनुहुन्छ भने उहाँले अवार्डसँगै ५ हजार ५ सय ५५ रुपैयाँ नगद पनि प्राप्त गर्नुभएकाे छ ।

यस अघि महेन्द्र अदृश्य राई “अदृश्यको प्रतिबिम्ब” कविता सङ्ग्रह २०६९, भानु सुनुवार “रहरको बिस्कुन” गजल सङ्ग्रह २०७०, लेख कार्की मन्दिर” गजल सङ्ग्रह २०७२, विनोद खड्का “ओला” नियात्रा सङ्ग्रह २०७४ र मीनराज वसन्त “पिपिरी”उपन्यास २०७६ ले अवार्ड जिती सक्नुभएकाे छ । खुल्ला सत्रको समापन सभापति कार्कीले गर्नुभएकाे थियाे भने सहजीकरण महासचिव खड्काले गर्नुभएकाे थियाे ।

यस्तै अधिवेशन मार्फत टीका खड्का राष्ट्रप्रेमीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन हुनुभएकाे छ । समितिको प्रथम उपाध्यक्ष रूप रसाइली, द्वितीय उपाध्यक्ष महेन्द्र खड्का, पुस्तकालय संयोजक शेखर बस्नेत, महासचिव नारायण भण्डारी “निर्जल”, सचिव सानु थपलिया कोषाध्यक्ष लीला नाथ घिमिरे, सह कोषाध्यक्ष राम अधीन सम्भव रहनु भएकाे छ भने सदस्यमा प्रकाश पाठक र सुरेश परियार”आभास” रहनु भएकाे छ । नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक श्यामराज रानाभाटले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button